ट्याक्टर दुर्घटनाका प्रतिवादी १७ वर्षपछि साँफेबगरबाट पक्राउ 

अछाम । ट्याक्टर दुर्घटनापछि १७ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका एक प्रतिवादीलाई अछाम प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा ट्याक्टर चालक मुगु जिल्लाको खत्याड गाउँपालिका–९ बस्ने धनबहादुर विक रहेका छन् ।

लुकिछिपी बसिरहेको अवस्थामा अछाम प्रहरीको टोलीले बुधबार बेलुकी करिब ६:२० बजे अछामको साँफेबगर नगरपालिका–४, छिपेखोला बजार क्षेत्रबाट नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालय अछाममा ल्याएर सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ ।

अछाम जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक दिनेश प्रसाद रिमालको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रमा लिइएको अछाम प्रहरी प्रमुख खनालले जानकारी दिनुभयो । फरार रहेका विक बाजुरा जिल्लामा लुकीछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निरन्तर निगरानी गर्दै आएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार २०६५ साल माघ १९ गते अछामको साविक दर्ना गाविस–२ (हाल बान्नीगढी जयगढ गाउँपालिका–६) मा लु.२ त. ८४९१ नम्बरको ट्याक्टर दुर्घटनामा भएको थियो । उक्त दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । चालक विक घटनास्थलबाटै फरार रहेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!