वरिष्ठ हवल्दार खडायत उत्कृष्ठ प्रहरी घोषित

अछाम । प्रहरी चौकी साँफेबगरमा कार्यरत प्रहरीका वरिष्ठ हवल्दार तिलकबहादुर खडायत ‘असोज महिनाको उत्कृष्ठ प्रहरी’ (वेष्ट पुलिस अफ द मन्थ) घोषणा गरिएको छ । असोज महिनामा उत्कृष्ठ कार्य गरेको भन्दै खडायतलाई अछाम प्रहरी कार्यालयले आइतबार सम्मानित गरेको छ । अछाम प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कार्यरत प्रहरी मध्येमा असोज महिनामा खडायतले जिम्मेवारी पूर्ण इमान्दारी बफादारी र कर्तव्यनिष्ठ भएर पूरा गरेको भन्दै सम्मानित गरिएको हो । लगनशील, अनुशासन, इमान्दारिताको मूल्यांकन गरेर सम्मानित गरिएको अछाम प्रहरी प्रमुख डाँगीले जानकारी दिनुभयो ।
अछाम प्रहरीले गएको साउन महिनादेखि हरेक महिनामा राम्रो कार्य गर्ने प्रहरीलाई ‘वेष्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गर्दै आएको छ । यसअघि अछाममा कार्यरत दुई जना प्रहरी सम्मानित भइसकेका बताइएको छ । उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गरेमा सबैलाई आफ्नो जिम्मेवारीमा उत्प्रेरणा मिल्ने भएकोले सम्मान कार्यक्रम थालिएको डीएसपी डाँगीको भनाइ छ । कर्तव्य पूरा गर्ने प्रहरीलाई पुरस्कार र गल तगर्नेलाई सजायको अवस्था रहने डीएसपी डाँगीको भनाइ छ ।
खडायतलाई सम्मानित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका इनिष्पेक्टर तथा सूचना अधिकारी कैलाशसिंह विष्टलगायत प्रहरी अधिकृत र जवानहरुको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा अछाम प्रहरीले सम्पन्न गरेका मुख्य गतिविधिलाई मासिक रुपमा नागरिकको जानकारीका लागि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको छ । नागरिकको सूचना अधिकार र नागरिकले प्रहरीका गतिविधिलाई जानकारी दिनका लागि आफ्ना मुख्य कामहरु सार्वजनिक गर्ने गरिएको डीएसपी डाँगीको भनाइ छ । असोज महिनामा अछाम प्रहरीले गरेका कामहरुको आइतबार आजै सूचना अधिकारी कैलाशसिंह विष्टको हस्ताक्षरमा सार्वजनिक गरिएको छ ।