Palika dasin suvakamana

चाैरपाटीमा काेदाे चुट्ने र फल्ने मेसिनको परीक्षण

Palika dasin suvakamana

अछाम । चौरपाटी गाउँपालिकाले कोदो चुट्ने र फल्ने मेसिनको परीक्षण गरेको छ । पहिलो पटक एक हाते मेसिन र एक ईलेक्टोनिक्स मेसिन गरी दुई मेसिन ल्याएको लाइएको छ । कृषकको माग भई आएमा आवश्यकता र माग अनुसार गाउँपालिकाका टोल बस्तीमा त्यस्ता मेसिन उपलब्ध गराउने बताइएको छ ।

कोदो खेती लोप हुने अवस्थामा प्रविधिबाट काम गर्न पाउँदा आफूहरु खुसी भएको स्थानीय कृषक बलबहादुर साउँदको भनाइ छ । प्रविधिबाट काम गर्दा एकातिर कामको भार कम हुने र कोदो वाली उत्पादनमा वृद्धि गर्न सकिने कृषकको भनाई छ ।

कोदो खेती संरक्षण र कोदो खेतीको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कृषकको सहजताका लागि मेसिन ल्याएको गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदको भनाइ छ । दुइटा मेसिनको चौरपाटीमा अध्यक्ष साउँले उद्घाटन गर्नुभएको गाउँपालिकाका एमआइएस अपरेटर कालु बोहराले जानकारी दिए । यसअघि पनि रैथाने वाली कोदो संरक्षणका लागि गाउँपालिकाले ‘फलेको कोदो कुटेको धान’ कार्यक्रम अनुसार कोदासँग चामल साट्ने कार्यक्रम सुरु गरेको थियो ।

गाउँपालिकाले संकलन गरेको कोदो तराईका जिल्ला कैलाली, कञ्चनपुर तथा राजधानी काठमाण्डौसम्म पठाएएको थियो । कोदोमा प्रशस्त मात्रामा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्व पाइने हुँदा कोदो स्वास्थ्यका लागि पनि बहुउपयोगी भएको स्वास्थ्यकर्मीको भनाइ छ । कृषि विज्ञकाअनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हड्डी बलियो बनाउन, गर्भवती तथा सुत्केरीका लागि उपयोगी खाद्य वालीको रुपमा कोदोलाई चिनिएको छ ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page