अछामका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान
अछाम । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका अछामका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बुधबार अन्तिम नामावली प्रकाशन गर्दै मंगलसेनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र साँफेबगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह पाएका हुन् !
अछाम क्षेत्र नं १ को स्वतन्त्र उम्मेदवार राजन कुँवरले पुतली, महेन्द्रबहादुर बोगटीले सुर्यमुखी र हिक्मत कुँवरले माछा चुनाव चिन्ह पाएका छन् !
यस्तै अछाम क्षेत्र नं २ को प्रतिनिधिसभमा सदस्यमा मनोनयन दर्ता गराएका चन्द्रप्रसाद ढुंगानाले माछा चुनाव चिन्ह पाएका छन् ! यस्तै अछाम क्षेत्र नं २ को `ख´ का स्वतन्त्र उम्मेदवार नृप विष्टले पानीको धारा निर्वाचन चिन्ह पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा कमल ढुंगानाले जानकारी दिनुभयो !
स्वतन्त्र उम्मेदवार रहेका अछाम क्षेत्र नं १ का जगतबहादुर रावल, सोही क्षेत्रको `क´ प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका विक्रम कुँवरले मनोनयन फिर्ता लिनुभएको छ । यस्तै अछाम क्षेत्र नं २ को `क´ का स्वतन्त्र उम्मेदवार बमबहादुर बिसीले पनि उम्मेदवारी फिर्ता लिइसक्नुभएको छ ।