अछामका तीन जना स्वतन्त्रको उम्मेदवारी फिर्ता (कामय भएकाको पत्रसहित)
अछाम । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि स्वतन्त्रमा मनोनयन दर्ता गर्नुभएका अछामका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्नुभएका जगतबहादुर रावलले फिर्ता लिनुभएको छ । यस्तै सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा नागरिक उन्मुमुक्ति पार्टीबाट मनोनयन गर्नुभएका विक्रम कुँवरले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा खेमराज पुनमगरले जानकारी दिनुभयो ।
अछाम क्षेत्र नं. २ को ‘क’ प्रदेशसभा सदस्यका लागि स्वतन्त्रमा मनोनयन दर्ता गर्नुभएका बमबहादुर बिसीद्वारा उम्मेदवारी फिर्ता लिनुभएको छ । मनोनयन दर्ता गरेका बाँकी सबै उम्मेदवारको मनोयन कायम गरिएको छ भने स्वतन्त्र उम्मेदवारकालाई निर्वाचन चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
क्षेत्र नं. १ मा प्रतिनिसभामा छ जना र क्षेत्र नं. २ मा पाँज जनाको अन्तिम उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा कमल ढुंगानाले जानकारी दिनुभयो । निर्वाचन अायोगले बुधबार दिउसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएकोमा उनीहरू मुख्य र निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रदेशसभातिर अछाम १ ‘क’ र ‘ख’ मा दुई/दुई जना उम्मेदवार कायम भएका छन् । यस्तै क्षेत्र नं २ को ‘क’ प्रदेशमा दुई र ‘ख’ प्रदेशमा चार जनाको उम्मेदवारी कायम भएको छ ।