बगेर बेपत्ता रावलको कासकुशुमको शव बनाएर दाहसंस्कार
अछाम । तापिँरवा खोलाले बगाएर बेपत्ता भएकी मंगलसेन नगरपालिका–११ की सरस्वती रावलकाे कासकुशुमको शव बनाएर आज दाहसंस्कार गरिएको छ ।
शुक्रबार दिउँसो वयलपाटा अस्पतालबाट उपचार गरेर फर्किएकी रावलको तापिँरवा खोलामा बगेर बेपत्ता भएकोमा खोजि गर्दा फेला नपरेपछि परिवारले हिन्दु परम्परा अनुसार कासकुशुमको शव बनाएर अन्त्ष्टि गरिएको हो ।
बगेकी रावलको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले तापिँरवा, कैलाशखोलाका किनारामा खोज्दा समेत शव फेला परेकाे छैन ।
अन्य दुइ जना साथमै आएकी रावल मंगलसेन नगरपालिका–९ वलीगाउँको तापिँरवा खोला तर्ने क्रममा खोलाले बगाइएर बेपत्ता भएको बताइएको छ ।