प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी दर्ता आज
अछाम । देशभरझै अछाममा पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज आइतबार बिहान १० देखि साँझ ५ बजेभित्र हुनेछ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्धारित समयमा आवश्यक कागजपत्रसहित उपस्थित भएर उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नु आयाेगले जनाएकाे छ । सम्बन्धित उम्मेदवारले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । उम्मेदवार स्वयं उपस्थित भएर वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट मनोनयनपत्र पनि दर्ता गर्न सकिनेछ ।
निर्वाचन आयोगले बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सहजीकरण गरिने बताएको छ । आयोगले आइतबार बिहान १० बजेभित्र निर्वाचन आयोगमा कागजात उपलब्ध गराएमा आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।अछाम