भीम रावलले टिकट नपाएको भन्दै नगर कमिटीकाे सामुहिक राजिनामा

अछाम । प्रतिनिधिसभातर्फ अछाम-१ काे टिकट वितरणामा असन्तुष्टि व्यक्त गर्दै नेकपा (एमाले) साँफेबगर नगर कमिटीले सामुहिक राजिनामा गरेकाे छ ।

प्रतिनिधिसभा सदस्य सिफारिसमा तल्लाे कमिटीकाे सर्वसम्मत निर्णयलाइ वेवास्ता गरेर नेता, कार्यकर्ता र जनभावनाकाे विपरित निर्णय गरिएकाे नगर कमिटीकाे आरोप छ । साँफेबगर नगरपालिका एमाले नेता डा. भीमबहादुर रावलकाे गृह नगर हाे । 

नगर कमिटी अध्यक्ष ड.ढकेन्द्र कुँवर, उपाध्यक्ष ललित नेपाली, उपसचिव सिताकुमारी बाेगटी र यदिम मियाँ, नगरका सचिवालय सदस्य र अन्य सदस्य गरेर ८१ जनाले सामुहिक राजिनामा गरेका छन् । उक्त राजिनामा पत्र पत्रमा नाम, पद र वडा नम्बर समेत उल्लेख गरिएको छ । 

अछाम जिल्ला कमिटीले भीम रावललाई अछाम-१ प्रतिनिधिसभा उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको थियाे । तर शुक्रबार मात्रै एमालेले रावलको ठाउँमा अछाम–१ बाट झपट बोहरालाई टिकट दिएको छ । 

यसअघि एमाले अछाम-१ का क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले संयोजक पदबाट राजिनामा गरिसकेका छन् ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page