रावलले टिकट नपाएको भन्दै क्षेत्रीय निर्वाचन कमिटीबाट राजिनामा

अछाम । नेकपा (एमाले) का अछाम-१ का क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले संयोजक पदबाट गरेका छन् ।
शाहले नेता डा. भीम रावललाई अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मतिले प्रतिनिधि सभाका लागि एकल उम्मेदवारका रुपमा सिफारिस गर्दा पनि केन्द्रीय कमिटीले जिल्लाको सिफारिस विपरीत निर्णय गरेको हुँदा आफूले राजीनामा दिएको उक्त राजीनामा पत्रमा उल्लेख छ।
एमाले जिल्ला कमिटी अछामलाई लेखेकाे राजिनाममा शाहले फेसबुकमा राखिएकाे राजिनामा पत्रमा आफूले आजैका मितिबाट संयोजक पदबाट राजिनामा दिएकाे उल्लेख छ ।
अछाम जिल्ला कमिटीले भीम रावललाई अछाम-१ प्रतिनिधिसभा उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको थियाे । तर शुक्रबार मात्रै एमालेले रावलको ठाउँमा अछाम–१ बाट झपट बोहरालाई टिकट दिएको छ ।