तिमिल्सैनको ‘सैनगडा’ मेला सर्यो (हेर्नुहोस् कारणसहित)
अछाम । प्रख्यात रूपमा रहेकाे तिमिल्सैनकाे ‘सैनगडा’ मेला सरेकाे छ । आश्विन शुक्ल पुर्णिमाका दिन पशु वलीसहितकाे लाग्ने मेला यस वर्ष पाँच दिन पर सरेकाे छ ।
कृषकहरूले बालीनाली नभित्र्याएकाे भन्दै बान्नीगढी जयगढ गाउँपालिका-४ वडा कार्यालले सूचना जारी गरेर मेला पछाडि सारेकाे हाे । पुर्णिमाका दिन कसैले बाेका लगायतकाे बली दिन नपाउने भन्दै बली दिएमा वडाले कानुनी कार्वाही गर्ने भनेकाे छ ।
सैनगडा मेला यही असोजको २८ गते पञ्चमीका दिन बली दिने र साेही दिन मेला लाग्ने छ । भने पछिल्लो दिन २९ गते देउडासहितकाे सांस्कृतिक कार्यक्रम हुने बान्नीगढी जयगढ गाउँपालिका-४ काे वडाले सूचना जारी गरेकाे छ ।
रागाँ, बाेकासहित बेलुकी बली दिने राती ठूलाे देउडा खेलसहित सैनगडामा मेला लाग्ने गरेकाे पाइन्छ । राँगाहरूलाइ दाैडाएर बली दिने र राम्राे मेला भएकाेले रमाइलाेका लागि अछामसहित डोटी, बाजुरा, दैलेख, कैलालीलगायतका जिल्लाहरूबाट समेत मानिसहरू मेलामा आउने गरेकाे भनाइ छ । मेलामा स्थानीय उत्पानहरूकाे राम्राे व्यापार हुने गरेकाे छ ।