मृतक परिवारलाई सांसद शाहद्वारा नगद सहयोग
मंगलसेन । सुत्केरीपछि अत्याधिक रक्तश्रावका कारण ज्यान गुमाएकी ढकारीकी सरिता जैसीका परिवारलाई अछाम क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले नगद रकम सहयोग गर्नुभएको छ । मृतकका घरमै पुगेर प्रतिनिधिसभा सदस्य शाहले नगद १० हजार रकम हस्तान्तरण गर्नुभएको छ ।
ढकारी गाउँपालिकाको गलबालमा पुगेर प्रतिनिधिसभा सदस्य शाहले पीडामा रहेको परिवारमा समवेदना व्यक्त गर्दै आफूले आर्थिक तथा भौतिक रुपमा सहयोगका लागि समन्वय गर्ने वचन दिनुभएको बताइएको छ । मृतकका परिवारलाई स्थानीयदेखि संघीय सरकारले राहतको व्यवस्था गर्नुपर्ने शाहको भनाइ रहेको छ ।
विकट स्थानमा रहेका स्वाथ्य केन्द्रहरुमा सहजै उपचार पाउने व्यवस्थाका लागि आफूले पहल गर्ने भनाइ शाहको रहेको छ ।
ढकारी गाउँपालिका-६ गलवाल निवासी सरिता जैसीको अत्याधिक रक्तश्राव पछि समयमै उपचारको अभावमा पाँच दिनअघि अल्पायुमै ज्यान गएको थियो । मृतकका १२ वर्ष नकटेका चार सन्तान, अाँखा नदेख्ने पती र उमेर कटेकी सासु विचल्लीमा परेका छन् ।