Palika dasin suvakamana

अछाम-१ माओवादी केन्द्रले पाएको दाबी

Palika dasin suvakamana

अछाम । निकै रस्साकसी पछि प्रतिनिधिसभा अछाम-१ को भाग नेकपा माओवादी केन्द्रले पाएको दाबी गरिएको छ । सुदूरपश्चिम प्रदेशको अछाम-१ को निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले पाएको निर्णय भएको माओवादी केन्द्र अछामका प्रमुख रविन्द्र साउँदले मिराकलपाटीलाइ जानकारी दिनुभयो ।

गठबन्धनको बैठकले अछाम-१ मा माओवादी केन्द्र संघीय निर्वाचन लड्ने गरेर निर्णय भएको बताइएको छ । अछाम-२ नेपाली काँग्रेसको भागमा परेको खबरहरू आइरहेका छन् । यसअघि नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्र मध्ये कसको भागमा पर्ने भन्नेमा अन्यौलता रहेको थियो ।

निर्वाचन क्षेत्र टुंगिएपनि संघमा कसले निर्वाचन लड्ने भन्रे विषय नटुंगिएको प्रमुख साउँदको भनाइ छ । ‘क्षेत्र हामीले पाएका हौं, व्यक्तिका बारेमा केही निर्णय भएको छैन ।’ प्रमुख साउँदले भन्नुभयो । निर्वाचन लड्ने व्यक्तिका बारेमा छलफल भइरहेको बताइएको छ । चार प्रदेश कसको भागका कुन प्रदेश परेको छ भन्ने बाहिर आउन सकेको छैन । माअ‍ोवादी केन्द्रबाट अछाम-१ को प्रतिनिधिसभा निर्वाचन लड्नेमा झपट साउँद  (मर्म) र दीपक साउँद (तरंग)  को नाम बढी चर्चामा रहेको छ । 

नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि अछाम-१ मा डा. भीमबहादुर रावल र क्षेत्र नं. २ मा यज्ञबहादुर बाेगटीकाे नाम एकल सिफारिस गरिसकेकाे छ । एमालेका संघीय उम्मेद्वारका बारेमा केही दिनमा टुंगो लाग्ने बताइएकाे छ । 

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page