श्रीमती हत्या र छोरी घाइते बनाएर कैलाली एक व्यक्ति फरार

भारतबाट आएकै पछिल्लो दिन श्रीमतीको हत्या र छोरीलाई घाइते बनाएर एक व्यक्ति फरार भएका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका ५ का शेरबहादुर नामजाली मगरले श्रीमती ललिताको धारिलो हतियार भएको कैलाली प्रहरीले जानकारी दिएको छ । श्रीमतीको हत्या गरेर र छोरी घाइते बनाएर शेरबहादुर फरार रहेको छ ।
हतियार प्रहारबाट घाईते भएकी शेरबहादुरकी छोरी लक्ष्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । फरार रहेका शेरबहादुरको प्रहरी परिचालन गरेर खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।