छोरीका घरमा बसेका वृद्द मृत भेटिए

धनगढी । छोरीको घरमा बस्दै आएका एक वृद्द बुधबार घर पछाडि झाडीमा मृत अवस्थामा फेला परेका छन् ।

धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकस्थित छोरीको घरमा बस्दै आएका कन्चनपुर कृष्णपुर नगरपालिका-८ रैकवार बिचुवा घर भएका ७४ वर्षीय धन सिंह जेठारा  मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार साँझदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा बुधबार शव फेला परेको हो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएकाे छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page