नागरिकता विधेयक प्रमाणिकरण समय सम्पन्न
काठमाण्डाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण समय सकिएकाे छ । भदौ २० गते दोस्रोपटक संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण समयसीमा मंगलबार राति १२ बजेबाट सकिएकाे छ । सरकारले पठाएकाे विधेयक राष्ट्रपतिले १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि पहिलोपटक पठाउँदा उनले पुनःविचारका लागि भन्दै नागरिकता विधेयक संसदमै फिर्ता पठाएकी थिइन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी छन्।