भालुको आक्रमणबाट एक गम्भीर घाइते, धनगढी रिफर
मंगलसेन । भालुको आक्रमणबाट गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । साँफेबगर नगरपालिका-१२ को खप्तड निवासी ५८ वर्षीय प्रेम कडायतलाई रिफर गरिएको हो !
जिल्लाको वयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको बताइएको छ । भालुले आक्रमण गर्दा कडायतको टाउको, कम्बर र दायाँ हातमा गम्भीर चोट लागेको छ ।
खप्तडको भडेला खोलामा बाख्रा चराएर बेलुकी घर फर्कने क्रममा भालुले कडायतलाई आक्रमण गरेको बताइएको छ ।