पहिरो पीडित सहयोगार्थ एमाले अछामले राहत संकलन थाल्याे

मंगलसेन । पहिरोमा परि ज्यान गुमाएका आफन्त र पहिरोका कारण विस्थापित परिवारलाई राहत दिन नेकपा ९एमाले० अछामले राहत संकलन अभियान सञ्चालन गरेको छ ।

राहतमा आर्थिक संकलनको अभियान थालिएको एमाले अछामका सचिव भीमबहादुर रावलले जानकारी दिनुभयो । पीडित परिवारलाई सहयोग गर्न जिल्लाका १० वटै पालिका कमिटी, वडा तथा टोल कमिटीलगायत सबै जनवर्गीय सङ्गठनहरूलाई निर्देशन एमाले अछामले निर्देशन गरेको छ ।

उद्योगी व्यापारी, व्यवसायी, शिक्षक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकमा सहयोग गर्न एमालेले अपिल गरेको छ । संकलन गरिएको आर्थिक सहयोग सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिमार्फत पीडितलाई हस्तान्त्रण गरिने पनि पार्टी सचिव रावलको भनाइ छ  ।

यसअघि नेपाली काँग्रेस अछामले पनि पीडितलाइ सहयोग गर्न भन्दै राहत संकलन थालनी गरेकाे छ । यस्तै नेपाल रेडक्रस साेसाइटी अछाम शाखाले पीडित परिवारलाइ राहत सामग्री प्रदान गरेकाे अार्थिक संकलन थालनी गरिरहेकाे छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page