Palika dasin suvakamana

पहिरोमा पुरिएका नौ जनाको तीन दिनपछि दाहसंस्कार

Palika dasin suvakamana

अछाम । पहिरोले घर भत्किएर पुरिएर मृत्यु भएका तुर्माखाँद गाउँपालिका–५ नाडाको काँडाकोटका नौ जनाको सोमबार कर्णाली नदीमा परम्परागत रुपमा सामुहिक दाहसंस्कार गरिएको छ । मृत्यु भएको स्थानबाट तीन घण्टा तल पैदलमा शव लिएर कर्णाली नदीको छेउमा दाहसंस्कार गरिएको स्थानीय नरेशकुमार शाहीले जानकारी दिनुभयो ।

दुई बुहारी, दुई नातिनी, एक छोरा पहिरोमा पुरिएर मृत्युभएपछि रोजगारीमा भारत रहेका रिठु शाही श्रीमती र तीन छोरासहित आएर आफन्तको अन्तिमक दाहसंसकार गरेका छन् । भारतबाट आएर घर नपुगेर कर्णाली नदी छेउ कोल्लीमरामा पाँच जनाको एकै पटक दाहसंस्कार गरिएको छ । रिठुका दुई बुहारी कल्पना शाही र भावना शाही, छोरा सुन्दर शाही, नातीनी करिष्मा शाही र नेलिना शाहीको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै मृतक नेत्र शाहीका दुई छोरा काठमाण्डौ र सुर्खेतबाट आएर आफन्तको अन्तिम दाहसंस्कारमा सहभागी भएका छन् । नेत्रसहित श्रीमती मनिषा शाही र छोरी बिमला शाही पहिरोमा पुरिएर शुक्रबार राती मृत्यु भएको थियो । मृतक नेत्र शाहीको घरमा सुत्न गएकी स्थानीय मिनबहादुर शाहीकी छोरी जानकी शाहीको समेत सोही पहिरोमा पुरिएर शुक्रबार राती मृत्यु भएको थियो ।

सुन्दर, बिमला र जानकी शाही स्थानीय कालिकेश्वरी माविमा अध्ययनरत रहेका थिए । मृतक सबैको आइतबार नै पोष्टमार्टम सकिएपनि आफन्तहरु भारत, काठमाण्डौ रहेकोले उनीहरु आउन ढिलो भएकोले तेश्रो दिनमा दाहसंस्कार गरिएको हो ।

घर माथीबाट आएको पहिरोले शुक्रबार राती स्थानीय रिठु शाही र नेत्र शाहीको घर पुरिँदा नाडामा नौ जनाको ज्यान गएको थियो । सोही राती कमलबजार नगरपालिका–६ मा सात जना र वडा नम्बर ८ मा पाँच जनाको ज्यान गएकोमा उनीहरुको दाहसंस्कार गरिसकिएको छ । यस्तै ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा घर भत्किएर मृत्यु भएका बालकको पनि दाहसंस्कार भइसकेको छ ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page