गठबन्धन कार्यदलको बैठक एक हप्ता रोकियो

काठमाडाैं । सत्तारूढ पाँचदलीय गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सिट बाँडफाँटमा सहमति गराउन बनाएको ११ सदस्यीय कार्यदलको बैठक एक हप्ता नबस्ने भएको छ। 

समानुपातिकको नाम बुझाउन तयारीमा जुट्नुपर्ने भएकोले एक हप्ता बैठक स्थगित गरेको जसपा नेता तथा कार्यदल सदस्य रामसहाय प्रसाद यादवले जानकारी दिए।

निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक तर्फको बन्द सूचीमा नाम बुझाउन दलहरूलाई समय दिएको छ।

‘समानुपातिकको लिस्ट बुझाउन तयारीमा जुट्नुपर्ने भएकाले अब एक हप्ता कार्यदल बैठक नबस्ने निर्णय भयो’ उनले भने, ‘समानुपातिक सूची बुझाएपछि अनि कार्यदल बैठक बस्छ।’मंगलबार पनि शीर्ष नेतासहित कार्यदलको बैठक बसेको थियो।  नेपालखबरबाट 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page