यी हुन् अछाम आउने छ हाकिम, तुर्माखाँदका सरूवा

मंगलसेन । अछाम जिल्लाका छ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सुची अनुसार तीन नगरपालिका र तीन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । दरबन्दी भएर पनि निमित्त रहेका स्थानीय तहमा अहिले मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो ।

मन्त्रालयले संघीय तहका कर्मचारीलाई नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृतलाई सरुवा गरेको हो । मन्त्रालयले जारी गरेको सरुवाको सूची अनुसार साँफेबगर नगरपालिकामा उपसचिव अर्जुनसेन ओलीको सरुवा भएको छ । ओली उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय वा अन्तरगत साँफेबगर नगरपालिकामा सरुवा भएको छ । साँफेबगर नगरपालिकामा लामो समयदेखि लेखा अधिकृत लक्ष्मी प्रसाद शर्मा निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज धानिरहनुभएको छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय वा अन्तरगत कार्यरत रहनुभएकोका उपसचिव डिक बहादुर कार्कीको कमलबजार नगरपालिकामा सरुवा भएको छ । केही महिनाअघिबाट कमलबजार नगरपालिकामा अधिकृत लोक बहादुर शाही निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

यता पञ्चदेवल विनायक नगरपालिकामा भने कर्णाली प्रदेशको मुख्यमन्त्राी तथा मन्त्रीपरिषद्को कार्यालय वा अन्तरगतमा कार्यरत उपसचिव कृष्ण प्रसाद खरेललाई मन्त्रालयले सरुवा गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा हाल शिक्षा शाखा प्रमुख डम्बर बहादुर थापालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी छ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय वा अन्तरगत कार्यरत चौरपाटी गाउँपलिकामा अधिकृत सुरेश प्रसाद जैसीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खटाइएको छ । चौरपाटी गाउँपालिकामा धनबहादुर थापा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

मन्त्रालयले मेल्लेख गाउँपालिकामा अधिकृत मीमबहादुर शाहीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय वा अन्तरगत कार्यरत शाहीलाइ मेल्लेख गाउँपालिकामा खटाइएको छ । मेल्लेख गाउँपालिकामा केही हप्ताअघि संगीता ताम्राकार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयले नै तोकेको थियो ।

यता बान्नीगढी जयगढ गाउँपालिकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्र्तगतबाट अधिकृत चोलारमन अधिकारीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा हाल वसन्त बहादुर रावल निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ ।

जिल्लामा छ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर आउने भएपनि तुर्माखाँद गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको भने कैलालीमा सरुवा भएको छ । तुर्माखाँद गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीको कैलालीको चुरे गाउँपालिकमा सरुवा भएको छ । भने तुर्माखाँद गाउँपालिकामा नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतको नाम हालसम्म सार्वजनिक भएको छैन ।

मंगलसेन नगरपालिका, रामारोशन गाउँपालिका र ढकारी गाउँपलिकामा यसअघि नै प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी अनुसार कार्यरत रहनुभएको छ । अछाम जिल्ला सदरमुकामस्थित मंगलसेन नगरपालिकामा उपसचिव गेहेन्द्र बहादुर डाँगी, रामारोशन गाउँपलिकाका अधिकृत रामबहादुर भण्डारी र ढकारी गाउँपालिकामा हालै सरुवा भएर आउनुभएका अधिकृत नरेशबहादुर बोहरा कार्यरत रहनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा अछामका स्थानीय तहमा यसअघि पनि सरुवा भएपनि केहीले शक्तिको भरमा अन्तै सरुवा गर्ने, केहीलाई स्थानीय तहले नचाहेर फिर्ता गर्ने र केही आएर पनि छोटो समयमै सरुवा भएर जाने देखिन्छ । अहिले पनि त्यही अवस्था दोहोरिने हो कि भन्ने केहीको आशंका रहेको छ । तर भएर उपयुक्त कारण बाहेक खटाइएको स्थानमा नजाने कर्मचारीलाई कार्वाही गर्ने भनेको छ भने हाजिर गर्न नदिने स्थानीय तहको आर्थिक रोक्ने मन्त्रालयको भनाई आएको छ ।

नयाँ मन्त्रीको रूपमा भगवती न्यौपाने आएपपछि खाली भएका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताउदै आउनुभएको थियो । कर्मचारीहरूको सरूवामा मन्त्रालयमा निकै रस्साकसी भएको समाचार समेत बाहिरिएको थियो । 

 

देशभरीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्याैपानेको फेसबुक टिप्पणी । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!