बुद्दिजीवी परिषद् साँफेबगर नगरमा नयाँ नेतृत्व

मंगलसेन । नेपाल बुद्धिजीवी परिषद् साँफेबगर नगरपालिकास्तरीय अधिवेशन नयाँ नेतृत्व चयन गर्दे आज शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट भगवती कुँवरको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा कालुसिंह कुँवर सचिवमा हंसराज खड्का, कोषाध्यक्षमा सम्भु मियाँ, उपसचिवमा सरिता चुँदाली निर्वाचित हुनुभएको छ । यस्तै कमिटीको सदस्यमा प्रेम ठकुल्ला, उर्मिला कुँवर शोभराज उपाध्याय, ज्ञानेन्द्र कुँवर प्रेम विष्ट लोगबहादुर बोगटी, बलबहादुर विष्ट रहनुभएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अथिती नेकपा –एमाले) प्रदेश सदस्य पशुपति कुँवर रहनुभएको थियो । सोही अधिवेशनमा विशिष्ठ अथितीमा बुद्धिजीवी परिषद्का केन्द्रिय सदस्य हैकला रावल, विशेष अथितीमा शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष तिलक कुँवर, अथितीमा एमाले अछामका सचिवलाय सदस्य प्रकाश शाह लगायत रहनुभएको थियो । परिषद् अछामका अध्यक्ष भरतबहादुर सोडारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
बुद्धिजीवी परिषद् अछामले शनिबार मंगलसेन नगरपालिकाको पहिलो अधिवेशन गर्ने भएको छ । मंगलसेन नगरपालिकाको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने बताइएको छ । त्यसका लागि मंगलसेन नगरपालिका क्षेत्रका शिक्षक, कर्मचारी, व्यापारी, उद्योगी, समाजसेवी र स्थानीय अगुवालाई आउन आग्रह गरिएको छ ।