अछाममा चारहजार चासय बालबालिकालाइ कोभिड विरूद्दको खोप लाइदै

अछाम । कोभिड–१९ विरुद्धको खोप लाउन नपाएका अछामका चालिसहजार चारसय बढी बालबालिकालाई फाइजर–बायोएनटेक खोप लाउन थालिएको छ । जिल्लामा रहेका ५ देखि ११ बर्षभित्रका बालबालिकालाई ५३४ केन्द्रबाट चालिसहजार ४३० जनालाई खोप दिन थालिएको हो । विद्यालय बाहिरका ५२१ र विद्यालयमा अध्ययनरत ३९ हजार ९०९ गरी स्वास्थ्य कार्यालयका प्रमुख झनराज ढुंगानाले जानकारी दिनुभयो । 

नियमित खोपका कारण कमलबजार नगरपालिका बाहेक नौ स्थानीय तहमा तोकिएको उमेरका बालबालिकालाई खोप लाउने काम भइरहेको छ । कमलबजार नगरपालिकामा भने नौ गतेबाट कोभिड विरुद्धको खोपको अभियान चल्ने बताइएको छ । खोप लाउनेका लागि सदरमुकाम मंगलसेनका पाँचवटै विद्यालयमै पुगेर खोप लाउने गरेर कार्ययोजना बनाएको आधारभूत स्वास्थ्य सेवा केन्द्र, मंगलसेन–५ का इन्चार्ज नरबहादुर विष्टले जानकारी दिनुभयो ।

खोप लाउन बाँकी भएका बालबालिकाहरुको तथ्यांक संकलन गरेर आवश्यक तयारीका साथ खोप लाउने काम भइरहेको बताइएको छ । कोरोनाको दोश्रो मात्रा भने भदौ २७ गतेबाट दिइने योजना रहेको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page