कैद भुक्तान गरिहरेका व्यक्तिको मृत्यु
![](https://miraclepati.com/wp-content/uploads/2022/08/Death.jpg)
मगलसेन । बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका-५ का वेदराज भाटको मृत्यु भएको हो । स्वास्थ्य उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।
भाद्र २ गते देखी कारागार चलान भएका ३५ वर्षीय भाटको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागी सेती प्रादेशिक अस्पताल लगिएको थियो । आफ्नै शरीरमा चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएको उनलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।
जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाट विरुद्ध १० बर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । भाद्र २ गते देखी जेल चलान भएका भाटको हप्ता दिन नपुग्दै उपचारका क्रममा मृत्यु भएको हो ।