सासु कुट्ने अछामका दुइ बुहारी पक्राउ

मंगलसेन, ८ भदाै ।  पञ्चदेवल विनायक नगरपालिकामा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई बुधबार पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ गरिएका बुहारीकाे विवरण सार्वजनिक गरिएको छैन ।

सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने बोल्न सक्दैनन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page