प्रधानमन्त्री ओली विरूद्दको रिट सर्वोच्चद्वारा खारेज

अछाम । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकाे प्रधानमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अदालतको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।

ओलीलाई संविधानको गलत धारा प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको भन्दै २०८१ साउन १४ गते तीन वटा रिट संवैधानिक इजलासमा दर्ता भएका थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वकाे ६ सदस्यीय इजलास गठन भएको थियो । उक्त इजलासमा न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहनुभएको छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page