बेहोस गर्भवतीलाई अछामबाट निशुल्क हवाइ उद्दार

अछाम, २७ साउन । सुत्केरी हुन नसकेर बेहोस भएकी रामारोशन गाउँपालिका ४ बाटुलासेनकी २० वर्षीयम भावना विष्टलाई निशुल्क हवाइ उद्दार गरेर काेहलपुर पुर्याइएको छ । सुत्केरी व्यथा लागेर बिहिबार रातीबाट घरमै बेहोस भएकी भावनालाई दिउँसो वयलपाटा अस्पतालमा पुर्याएपछि उपचार हुन नसकेपछि रेफर गरिएको बताइएको छ ।
जोखिममा रहेका गर्भवती र सुत्केरीको हवाइ उद्दार कार्यक्रम अन्तर्गत भावनाको थप उपचारका लागि निशुल्क उद्दार गरिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । ‘हिजो रातीबाट अहिलेसम्म होस आएको छैन, कोहलपुर अस्पतालमै छौ ।’ अस्पतालमा रहेका भावनाका श्रीमान् दिलिप विष्टको भनाइ छ । कोहलपुर मेडिकल कलेजमा भावनाको उपचार भइरहेको बताएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page