कमलबजारकाे भिडियो एक्सरे सेवा सञ्चालनमा
कमलबजार, २५ साउन । मेसिन बिग्रिएर थन्किएको अछामको कमलबजारस्थित प्राथमिक स्वास्थ केन्द्रको भिडियो एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ । मेसिनको मर्मतपछि स्ञ्चालनमा आएको केन्द्रका डाक्टर अनमोल थापाले जानकारी दिएका छन्र । केन्द्रले सूचना जारी गरेर भिडियो एक्सरे सेवा सञ्चालनमा आएको बताइएको छ । मेसिन सञ्चालनमा आएकोले आवश्यकता अनुसार सेवा लिन भनिएको छ । भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीलाइ सहज भएको छ ।