अछामसहित सुदूरपश्चिम र कर्णालीमा भारी वर्षा
मंगलसेन, २५ साउन । अछाम जिल्लासिहत सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भएको छ । अछामका धेरै ठाउँ, डोटी, बाजुरा, बैतडी, कैलाली र कर्णालीका दैलेख लगायतमा ठूलो वर्षा भएको खबरहरू आएका छन्र । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीयलाइ सचेत रहन भनिएको बताइएको छ ।