साँफेबगरमा लायन्स क्लब गठन
साँफेबगर, २५ साउन । सामाजिक क्षेत्रमा काम गर्ने गरी अछामको साँफेबगरमा लायन्स क्लब गठन गरिएको छ । भरतबहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको बताइएको छ । जसको उपाध्यक्षमा कृष्ण कुँवर, तेज कुँवर र दिनेश कुँवर, सचिवमा पृथ्वी कुँवर, कोषाध्यक्षमा धिरज बोगटी, सहकोषाध्यक्षमा मुकेश मिजार र सदस्यहरु रहेका छन् ।