धमालीले गाइभैसीलाइ सुत्केरी भत्ता दिने

मंगलसेन, २५ साउन । वडालाई दुधमा आत्मनिर्भर बनाउन अछामको तुर्माखाँद गाउँपालिका- ८ धमालीले किसानलाई प्रोत्साहन भत्ता स्वरूप गाइ, भैसीलाइ सुत्केरी भत्ता दिने भएको छ । वडाको आर्थिक बर्ष २०७९/८० को बार्षिक स्विकृत कार्यक्रम अन्तरगत भैसी र गाईपालन गरेका वडाका किसानहरुलाई भैसी र गाई ब्याएपछि सुत्केरी भत्ता स्वरुप पिडो खर्च भनी भत्ता दिने व्यवस्था गरेको वडा अध्यक्ष निरक बहादुर शाहीले बताउनुभयो ।
यसले वडाभित्र व्यवासयिक रुपमा भैसीपालन गरिरहेका किसानलाई थप हौसाल बढ्ने अपेक्षा गरिएको वडा अध्यक्ष शाहीको विश्वास छ । यो सेवा लिनका लागि सम्बन्धित किसानहरुले वडाले तोकेबमोजिमका आवश्यक कागजातहरु वडा कार्यालयमा पेश गर्नुपर्ने वडाले जनाएको छ ।

किसानहरुले हस्त लिखित निवेदन, भैसी र गाईपालक किसानको नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जा र भैसी तथा गाई ब्याएको पाडापाडीको पशुधनि सहित स्पष्ठ देखिने फोटोहरू पेश गर्न पर्नेछ ।

यस्तै वडा कार्यालयले वडामा बस्ने कुनैपनि नागरिकको मृत्यु भएमा दाहसंस्कारको लागि लाग्ने आवश्यक काठको ढुवानीपनि वडा कार्यालयले गरिदिने भएको छ ।

त्यसका लागि मृतकका आफन्तहरुले मृतकको निधन भएको २ हप्ता भित्र मृत्यु दर्ता गराईसक्नुपर्ने भएको छ । सम्बन्धित सेवाग्राहीहरुले वडा कार्यालयले तोके बमोजिमका कागजातसहित वडा कार्यालय आएमा सेवा दिईने वडा अध्यक्ष शाहीले बताउनुभयो ।

यसले वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई निकै राहत हुने बताइएकाे छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page