पहिरोबाट मृत्यु भएकालाई छलाख राहत प्रदान

मिराकलपाटी समाचारदाता
अछाम, साउन १४ गते । तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले घरभित्र पुरिएर मृत्यु भएका तीन जनाका आफन्तलाई छ लाख रुपियाँ राहत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी तुर्माखाँद गाउँपालिका पुगेर मृतकका आफन्तलाई राहत रकम हस्तान्तरण गर्नुभएको होे ।
पहिरोले घरमा च्यापिएर मृत्यु भएका तीन जनालाई प्रतिमृतक दुई लाखका दरले राहत उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । आइतबार राती घरमाथिको नयाँ खनिएको सडकबाट पहिरो आउँदा भुलुका १५ वर्षीय संविधान विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र ४५ वर्षीया हरिकला विष्टको घरमा पुरिएर मृत्यु भएको थियो । भने ५५ वर्षीया नैनकला विष्टलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।
घर माथिबाट पहिरोसँगै ठूलो रुख आएका कारण दश कोठासहितको तीन तले घर राती करिब १२ बजेतिर भत्किएको बताइएको थियो ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page