कालागाउँको ट्रक दुर्घटनामा पाँच घाइते

अछाम । रामारोशन गाउँपालिकाबाट काठ बोकेर आएको ट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा साहु समेत रहेका ट्रक चालक बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–२ बस्ने हरिसिंह भण्डारी, अछाम जिल्ला मंगलसेन नगरपालिका–१२ बिर्कुका अर्जुन रावल रहेका अछाम प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा मंगलसेन नगरपालिका–१२ बिर्कुकै कृष्ण रावल, ईन्द्र रावल, शेर कुँवर रहेका अछाम प्रहरीका प्रमुख इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । टाउको, निधार, अनुहार आँखा, हाटखुट्टामा चोट लागेका पाँचै जनाको खतरामुक्त रहेको बताइएको छ । घाइतेको स्थानीय कालागाउँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको भण्डारीको भनाई छ ।

ना.६.ख.८३१९ नम्बरको ट्रक उत्तिसको काठ लिएर नेपालगञ्जतर्फ जाने क्रममा मंगलसेन नगरपालिका–१४ कालागाउँ दाइजेपानी भन्ने स्थानमा दुर्घटना भएको हो । कच्ची भित्री सडक खण्डबाट ट्रक करिब ४० मिटर तल खसेको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page