सुदूरपश्चिमका नाै जिल्लामै एमालेले इन्चार्ज तोक्यो
अछाम । नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठकले अन्य प्रदेश जस्तै सुदूरपश्चिमका ९ वटै जिल्लामा इन्चार्जको जिम्मेवारी तोकेकाे छ ।
बैठकले अछाममा झपट बहादुर बाेहरा, कैलालीमा नारदमुनी राना, कञ्चनपुरमा नीरुदेवी पाल, बाजुरामा लालबहादुर थापा, डोटीमा गौरी ओलीलाइ पार्टीको जिल्ला इन्चार्ज तोकेको छ । यस्तै बझाङमा भैरवबहादुर सिंह, बैतडीमा लिलाधर भट्ट, दार्चुलामा गणेश बहादुर ठगुन्ना, डडेल्धुरामा पठानसिंह बोहरालाइ जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।
सुदूरपश्चिम प्रदेशको इन्चार्चमा पार्टीका केन्द्रिय सचिव लेखराज भट्टलाइ तोकिएको छ । यसअघि केन्द्रिय सचिव छविलाल विश्वकर्मा सुदूरपश्चिमको इन्चार्जमा हुनुहुन्थ्यो भने भट्ट कर्णाली प्रदेशको इन्चार्जमा कार्यरत हुनुहुन्थ्यो ।