अछाम प्रहरी प्रमुख फेरिएः खनाल जाने, बम आउने

अछाम । अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले खनालको धनुषा जिल्लामा सरूवा गरिएको हो । 

प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँको स्थानमा प्रहरी नायब उपरीक्षक पविन्द्र बम अछाम प्रहरी प्रमुखका रूपमा आउने भएका छन् । बम हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत हुनुहुन्छ ।

डीएसपी खनालले आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएउनु भएको थियो ।

प्रहरी प्रधान कार्यालयले नियमित संगठनात्मक व्यवस्थापन तथा जनशक्ति परिचालनअन्तर्गत विभिन्न जिल्लाका प्रहरी अधिकृतहरूको सरुवा गर्दै अछाममा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी डीएसपी बमलाई दिएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!