दशवटै स्थानीय तह कायम गर्न पञ्चदेवल विनायकको प्रस्तावः विकल्पमा विनायक र कमलबजारलाई मिलाएर उपमहानगरपालिका बनाउन सुझाव
अछाम । स्थानीय तहहरूको पुनर्संरचना र सीमांकनका क्रममा दशवटै स्थानीय तह कायम राख्नुपर्ने माग गर्नुभएको छ । हालका १० वटै स्थानीय तहलाई यथावत राख्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
अछाम भौगोलिक रूपमा ठूलो जिल्ला भएको र नागरिकहरूले अझै पनि “गाउँमा सिंहदरबार” आएको पूर्ण अनुभूति गर्न नसकेको अवस्थामा पालिकाको संख्या घटाउँदा सेवा प्रवाहमा थप समस्या हुन सक्ने उनको तर्क छ । । नगर प्रमुख अम्बिका चलाउनेका अनुसार संघीयता कार्यान्वयन भएको ९ वर्ष मात्रै भएकाले अहिले नै पुनर्संरचना गरिहाल्नुपर्ने परिस्थिति आइसकेको उहाँको भनाइ छ ।
पुनर्संरचना र सीमांकनका क्रममा पञ्चदेवल विनायक नगरपालिका यथावथ राख्न माग गर्नुभएको छ । संख्या घटाउनै पर्ने भए पञ्चदेवल विनायक र कमलबजार नगरपालिकालाई गाभेर उपमहानगरपालिका बनाउन सकिने उहाँको प्रस्ताव रहेको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन भूगोल र जनसंख्याका आधारमा हालकै संरचनालाई कायम राख्नुपर्नेमा उनले जोड दिइएको छ । चलाउनेले विनायकलाई केन्द्र मानेर रामारोशन गाउँपालिकाका वडा नम्बर १ (मलातीकोट) २ (चाफामाण्डै) ३ (सुतार) ४ (बाटुलासेन) र कमलबजार नगरपालिकाका १ (मुली), २ (वयाला), ३ (वयाला), ४ (चाल्सा) र ५ (कुइका) लाई विनायकमा मिसाएर एउटा सुदृढ पालिका बनाउन सकिने बताइएको छ ।
यस्तै जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा रहेका तीनवटा नगरपालिकाहरू (मंगलसेन, विनायक र कमलबजार) लाई यथावत राखेर एउटा पालिका र तुर्माखाँद, ढकारी गाउँपालिकालाई एउटै पालिका बनाउन सकिने अर्को विकल्प पनि उनले प्रस्तुत गरिएको छ । नगर प्रमुख चलाउनेले पञ्चदेवल विनायक नगरपालिकाको जनसंख्या अछामका अन्य नगरपालिकासँग तुलनायोग्य र बढी नै रहेको दाबी गर्नुभयो ।
सरकारले तोकेको जनसंख्या, भूगोल, पूर्वाधार र प्राकृतिक स्रोतको मापदण्डका आधारमा विनायक आफैँमा एक सक्षम र ऐतिहासिक केन्द्र रहेको उनको भनाइ छ । पुनर्संरचनाको बहस सकारात्मक भए तापनि यसले जनताको सेवा प्रवाहमा असर पार्नु नहुनेमा सरोकारवालाहरूको साझा चिन्ता देखिएको छ । नक्सा र जनसंख्या मात्र नहेरी स्थानीय आवश्यकता र भौगोलिक विशिष्टतालाई ध्यान दिएर मात्र अन्तिम निर्णय लिनुपर्ने सुझाव बैठकमा दिइएको छ ।
