खराब मौसमले सेनाको हेलिकप्टर सुगालीमा आकस्मिक अवतरण

अछाम । मौसम खराबीका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो । “सेनाको हेलिकप्टर ल्याण्ड भएको रहेछ, जयगढबाट प्रहरी टोलीलाई जान भनेका छौं ।” देउवाले भन्नुभयो । हेलिकप्टर अवतरण भएपछि स्थानीयहरु थालाकोट मैदान पुगेको बताइएको छ ।

थालाकोट मैदानमा हेलिकप्टर ल्याण्ड भयो भनेर हाम्रो वडा सदस्य पनि त्यहाँ पुगिसक्नुभयो । ” बान्नीगढी जयगढ गाउँपालिका ५ का वडा अध्यक्ष टंकबहादुर साउँदले जानकारी दिनुभयो । मौसम सफा भएपछि हेलिकप्टर उडेर जाने बताइएको छ ।

बिहानबाटै यस क्षेत्रमा गड्याङगुडुङसँगै बाक्लो बादलसहित वर्षा भइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!