खाजा अवलोकन गर्न अछामका जनप्रतिनिधि र कर्मचारी पूर्वी रुकुममा

अछाम । दिवा खाजाको अवस्था अवलोकनका लागि अछामका जनप्रतिनिधि र कर्मचारी रुकुम पुग्नुभएको छ । स्थानीय तहका प्रमुख तथा अध्यक्ष, शिक्षा विकास तथा समन्वय इकाइ, पालिकाका शिक्षा शाखा र कृषि शाखामा कार्यरत कर्मचारी पुर्वी रुकुमको भूमे गाउँपालिका पुग्नु भएको हो ।

स्थानीय उत्पादनमा आधारित भएर दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनका सिकाइका लागि भूमे गाउँपालिका पुग्नुभएको हो । भूमे गाउँपालिकाले स्थानीय उत्पादनलाई दिवा खाजालाई कसरी प्रभावकारी बनाइरहेको छ भनेर अवलोकनका लागि जनप्रतिनिधि र कर्मचारी त्यहाँ पुगेका बताइएको छ । अछामका स्थानीय तहले स्थानीय उत्पादनमा आधारित दिवा खाजा लागु गरेकोले त्यसलाई अझै प्रभावकारी बनाएर लैजान सिकाइका लागि भूमे गाउँपालिका पुग्नु भएको हो ।

भूमे गाउँपालिकाले गरेका नीति, कार्यक्रमहरु हेरेर अब विद्यालयमा अवलोकनका जान लागेको अवलोकनका क्रममा रहनुभएका मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले जानकारी दिनुभयो । बिहान भूमे गाउँपालिकामा भएको एक कार्यक्रममा अछाम जिल्लाको भ्रमण टोलीकोतर्फबाट मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले अछाममा दिवा खाजाको अवस्थाका बारेमा भनाइ राख्नुभयो । प्रमुख बोहराले स्थानीय उत्पादनमा आधारित पूर्ण रुपमा दिवा खाजायुक्त विद्यालय बनाएर जिल्लाको कृषि उत्पादनमा समेत जोड दिने भनाइ राख्नु भएको छ । भ्रमण टोलीले भूमे गाउँपालिकाबाट दिवा खाजाको प्रभावकारितामा सिकाइ गरेर आफ्नो गाउँपालिकामा लागु गर्ने बताइएको छ ।

भ्रमण टोलीमा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवर, कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल, ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँद, बान्नीगढी जयगढ गाउँपलिका अध्यक्ष टेकबहादुर साउँद, मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँद र चौरपाटी गाउँपलिका अध्यक्ष भीमबहादुर साउँद रहनुभएको छ । भ्रमण टोलीमा शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख अम्बादत्त जोशी, दशवटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, कृषि शाखा प्रमुखलगायत रहनुभएको छ । भ्रमण विश्व खाद्य कार्यक्रमको आयोजनामा गरिएको बताइएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page