समाजवादी संविधान निर्माण गराैंः अध्यक्ष प्रचण्ड (भिडियो सहित)
अछाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालको संविधान समाज उन्मुख भएपनि पूर्ण नभएकोले संशोधनमार्फत समाजवादी संविधान निर्माण गर्नुपर्ने भनाई राख्नुभयो । पुष्पलाल लोकमार्ग केन्द्रित जागरण अभियान अन्तरगत दोश्रो दिन मंगलसेनको जनसंवाद कार्यक्रममा पुग्नुभएका अध्यक्ष प्रचण्डले संविधान अपूरो भएकोले संशोधनबाट पूर्ण बनाउनुपर्ने भनाइ राख्नुभयो ।
जनताको बलबाट संविधान निर्माण भएपनि शासकीय स्वरुप लगायतले भ्रष्टाचारको अन्त्य नहुने भन्दै संविधानमै कार्यकारी प्रमुखको व्यवस्था आवश्यक भएको उहाँको भनाइ थियो । वर्तमान निर्वाचन प्रणालीले भ्रष्टारलाई नै प्रसय दिएको भन्दै यसले अराजकता र अस्तिरताको अन्त्य नहुने अध्यक्ष प्रचण्डको भनाई छ । संविधानमा संघीयता राखेर गाउँगाउँमा सरकार भएपनि जनतामा उज्यालो ल्याउन शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको उहाँको भनाई छ । काँग्रेस एमालेको सरकार बन्दा संविधान संशोधनको विषयमा आफू सहमत भएको भन्दै संविधान संशोधनमार्फन जनतालाई बढीभन्दा बढी अधिकार दिनुपर्नेमा उहाँको जोड रहेको छ ।
दलित, जनजाति, उत्पिडित, पिछडिएको वर्गको अधिकार प्रत्याभूतिका लागि र भ्रष्टाचार, वेथितिको अत्यका लागि आफ्नो दललाई बहुमत दिलाउन प्रचण्डको आग्रह थियो । हामीले आत्मसमीक्षा, आत्मआलोचना गरेर जनतासँगै जान्छौ भनेर आएका छौं, हामीलाई २०६४ सालकै जसरी मत दिनुस् भन्न आएका छौं । अध्यक्ष प्रचण्डले भन्नुभयो । भ्रष्टाचार, सामाजिक न्याय र आर्थिक संकटका विरुद्धमा लडाई शुरु गरेपछि प्रधानमन्त्रीबाट हट्नु परेको अध्यक्ष प्रचण्डको दावी रहेको छ । दलाल, पुजिपति, नोकरशाही, रातारात करोडौ कमाउने सेटिङमा लागेका मान्छेहरुले सरकारबाट हटाएका हुन् । अध्यक्ष प्रचण्डले भन्नुभयो ।
प्रधामन्त्री हुँदा वैदेशिक नाका खोल्ने, त्रिदेशिय विद्युत, व्यापार, जलवायु, खाद्य, दलित, महिला,का पक्षमा अगाडि बढाएपनि सरकारबाट हटाइयो । अध्यक्ष प्रचण्डले भन्नुभयो । मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, सेती लोकमार्ग लगायतमा ठूला योजना आफ्नै पालामा भएको दावी गर्नुभयो । आगामी दिनमा पनि यस क्षेत्रको विकासमा आफ््नो पहल रहने भनाइ राख्नुभयो । अध्यक्ष प्रचण्डले अछामकै साँफेबगरमा आयोजित आमसभालाई समेत सम्बोधन गर्नुभएको थियो । साँफेबगरमा एमालेबाट कारवाहीमा पर्नुभएका नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आव्हान गर्नुभएको थियो ।
पार्टीका उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले अछामको सदरमुकाम मंगलसेन र साँफेबगर आक्रमणपछि पुर्ननिर्माण भएको बताउनुभयो । अछाम आक्रमणको नेतृत्व आफूले गरेको भन्दै पुरानो भत्काएपछि मात्रै नयाँ निर्माण हुने भएकोले दरबार नयाँ निर्माण भएको भनाइ राख्नुभयो । जागरण अभियानका क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नी सापकोटा, पम्फा भुषाल, महासचिव देव गुरुङ लगायतका नेताहरुको सहभागिता रहेको थियो । माओवादी पार्टीमा जागरण ल्याउन हुलाकी मार्ग यात्रापछि पुष्पलाल लोकमार्ग यात्रा तय गरिएको बताइएको छ ।
