अछामका सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

मंगलसेन । अछामका दशवटै स्थानीय तहमा नेकपा (एमाले) अछामले अधिवेशन सम्पन्न गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्वमा पालिका कमिटी चयन गरिएको हो ।

मंगलसेन नगरपालिकामा डम्बरबहादुर रावलको नेतृत्वमा ४७ सदस्यीय, साँफेबगर नगरपालिकामा हिरण्डबहादुर कुँवरको नेतृत्वमा ४१ सदस्यीय र बान्नीगढी जयगढ गाउँपालिकामा हर्क साउँदको नेतृत्वमा कमिटी चयन गरिएको छ । यस्तै तुर्माखाँद गाउँपालिकामा पदमबहादुर विसीको नेतृत्वमा ४७ सदस्यीय, चौरपाटी गाउँपालिकामा झंकरबहादुर साउँदको नेतृत्वमा ३५ सदस्यीय पालिका कमिटी चयन गरिएको छ । यता पञ्चदेवल विनायकमा गोरखबहादुर रावलको अध्यक्षतामा ३५ सदस्यीय र कमलबजार नगरपालिकामा कम्मानसिंह चलाउने अध्यक्ष रहने गरेर ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।

ढकारी गाउँपालिकामा महादेव बुढा अध्यक्ष रहने गरेर ३६ सदस्यीय र रामारोशन गाउँपालिकामा भिष्म साउँदको अध्यक्ष्तामा पालिका कमिटी चयन गरिएको छ । मेल्लेख गाउँपालिकामा भने सुरेन्द्र साउँदको नेतृत्वमा ३१ सदस्यीय पालिका कमिटी अघिल्लो वर्ष नै निर्वाचित भइसकेको बताइएको छ । दशवटै स्थानीय तहमा सर्वसम्मत रुपमा कमिटी चयन गरेर अधिवेशन सम्पन्न भएको एमाले अछामका अध्यक्ष शिवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

नेकपा (एमाले) अछामले वैशाख मसान्तभित्र पालिका अधिवेशन सम्पन्न गरिसक्नुपर्ने तय गरिएको थियो । सोही कार्ययोजना अनुसार पालिका र वडा तहका अधिवेशन सम्पन्न गरिएका बताइएको छ । पालिका अधिवेशन सम्पन्न गर्नका लागि एमाले केन्द्रिय सदस्य रहेका क्षेत्र नं. १ का इन्चार्ज कमल तिमिल्सेना र क्षेत्र नं. २ का यज्ञ बोगटी, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी र अछामबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरु, जिल्ला कमिटीका अध्यक्ष शिवप्रसाद उपाध्याय सहित जिल्ला सदस्यहरु खटिएका थिए । एमालेको जिल्ला अधिवेशन गएको वैशाख १३ मा उद्घाटन भएर १६ गते शिवप्रसाद उपाध्यायको नेतृत्वमा जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन भइसकेको छ ।

नेकपा (एमाले) अछामले आज शनिबार जिल्ला कमिटीकाे दोस्राे बैठक मंगलसेनमा बस्ने भएकाे जिल्ला सचिव हिरण्ड भट्टराइले जानकारी दिनुभयो । बैठकमा जिल्ल कमिटीसँगै, लेखा कमिटी अध्यक्ष, दशवटै पालिका कमिटी अध्यक्ष, पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज, केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्र नं. १ र २ का इन्चार्ज, अछाम जिल्लाबाट प्रदेश कमिटीका सदस्यहरुलाई आमन्त्रण गरिएको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!