रामाराेशन र ढकारी गाउँपालिका अधिवेशन उद्घाटन
अछाम । नेकपा (एमाले) रामारोशन र ढकारी गाउँपालिकामा अन्तिम पालिका अधिवेशनको उद्घाटन गरिएको छ । अछाम क्षेत्र नं. १ को रामारोशनमा एमालेका केन्द्रिय सदस्य तथा क्षेत्र नं. १ इन्चार्ज कमल तिमिल्सेनाले अधिवेशनको उद्घाटन गर्नुभएको छ ।
यस्तै अछाम क्षेत्र नं. २ को ढकारीको अधिवेशन एमालेका केन्द्रिय सदस्य तथा क्षेत्र नं. २ का इन्चार्ज तथा निवर्तमान सांसद यज्ञबहादुर बोगटीले उद्घाटन गनुभएको छ । अधिवेशन उद्घाटनमा नेताहरूले मन्तव्य राखिरहेका बताइएकाे छ । दुवै स्थानका अधिवेशन उद्घाटनमा पाटीका सुदूरपश्चिम प्रदेशका सदस्य, जिल्लास्तरका पदाधिकारी र सदस्यहरु, स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
उद्घाटन पश्चातको बन्दसत्र दुवै पालिकामा अलगअलग नयाँ कमिटी चयन गर्ने छ । उक्त कमिटी सम्वतः सर्वसम्मत हुने बताइएको छ । यसअघिका अछामका सातवटै स्थानीय तहका कमिटी सर्वसम्मत चयन भइसकेका छन् । पञ्चदेवल विनायक नगरपालिकामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयनको प्रक्रियामा रहेको बताइएको छ ।
नेकपा (एमाले) अछामको अघिल्लो कमिटीले वैशाखभित्र सबै पालिका र वडाका अधिवेशन गरिसक्नुपर्ने निर्णय गरेको थियो । सोही अनुरुप कारणवस सात वडा बाहेक सबै वडामा समेत वडा अधिवेशनबाट नयाँ कमिटी चयन भइसकेको एमाले अछामका निवर्तमान जिल्ला सचिव भीमबहादुर रावलले जानकारी दिनुभयो ।
