बान्नीगढीमा एमाले कमिटी सर्वसम्मतः यी हुन निर्वाचित पदाधिकारी

अछाम । नेकपा (एमाले) बान्नीगढी जयगढ गाउपालिका कमिटीको दोस्रो अधिवेशनबाट नयाँ कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ । पालिका कमिटीको दोस्रो अधिवेशनबाट हर्क साउँदको अध्यक्षतामा कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो ।

अधिवेशनको बन्दसत्रले उपाध्यक्षमा लोक ठकुल्ला, सचिवमा भरत खडका, उपसचिवमा प्रगति रावल र जलु साउँद लगायतका सदस्यहरु रहनुभएको छ । सर्वसम्मत रुपमा निर्वाचित भएका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित पदको सपथ ग्रहण गराइएको छ ।

उद्घाटन सत्रका प्रमुख अथिति नेकपा (एमाले) केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. १ का इन्चार्ज कमल तिमिल्सेनाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटनका क्रममा प्रदेश, जिल्ला र स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!