मंगलसेनको आँखा शिविरमा चारसय ४९ जनाले सेवा लिए: ५७ को शल्यक्रिया

अछाम । सदरमुकाम मंगलसेनमा सञ्चालन गरिएको दुई दिने आँखा शिविरमा चारसय ४९ जनाले सेवा लिएका छन् । आँखा जाँच गर्न आएका मध्येमा ५७ जनामा समस्या देखिएपछि आँखाको शल्यक्रिया गरिएको छ ।

जिल्ला अस्पताल मंगलसेनमा वैशाख २५ र २६ गते सञ्चालित आँखा शिविरमा गेटा आँखा अस्पतालका स्वास्थ्यकर्मीहरुले आँखा परीक्षण र शल्यक्रिया गर्नुभएको थियो । केही बिरामीको आँखाको उपचार गरेर फर्किएको नेपाल नेत्र ज्योति संघ अछामका सभापति शंकर बहादुर रावलले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय, मंगलसेन नगरपालिका, नेपाल नेत्र ज्योति संघ अछाम र गेटा आँखा अस्पताल, कैलालीको संयुक्त समन्वयमा शिविर सम्पन्न भएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page