बझाङमा एमालेका दमन भण्डारी विजयी

अछाम । सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि बझाङमा सम्पन्न मतगण्नामा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पारेर विजयी भएका हुन् ।

भण्डारीले अन्तमि मतपरिणम अनुसार ११ हजार ६१२ मत प्राप्त गरेका छन् भने सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन । तेश्रो भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मतमा सिमित भएका छन् । 

उक्त प्रदेशसभा सदस्य पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि त्यस क्षेत्रमा पुनः निवार्चन भएको हाे । काँग्रेसबाट उनै सिंहका छोरा अभिषेकले उम्मेदवारी पाएका थिए ।  भण्डारी विजयी भएपछि एमालेका कार्यकर्ताले सदरमुकाम चैनपुरमा नाराबाजीसहित विजय उत्सव मनाइरहेका छन् । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page