एनआइसी लघुवित्तद्वारा डोटीमा वित्तिय साक्षरता कक्षा सञ्चालन

अछाम । एनआइसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडले वित्तिय साक्षरता कक्षा सञ्चालन गरेको छ । शनिबार डोटी जिल्लाको केआइसिंह गाउँपालिका वडा नम्बर ५ को गुहारमा शनिबार एक दिने वित्तिय साक्षरता कक्षा सञ्चालन गरेको हो ।
संस्थाको दीपायल शाखाले गुहारमा रहेका आफ्ना सदस्यहरु र स्थानीय गरेर ४७ जनालाई वित्तिय साक्षरता प्रदान गरिएको बताइएको छ । वित्तिय साक्षरता सम्बन्धमा दीपायल अनुगमन कार्यालयका प्रमुख कलम बहादुर थापाले प्रस्तुतिकरण गरेर कक्षा सञ्चालन गरिएको शाखा प्रमुख दीपकदत्त जोशीले जानकारी दिनुभयो ।
साक्षरता कक्षाका क्रममा विगत सात वर्षदेखि संस्थामा आवद्द रहेकी जगु विक पार्कीलाई सम्मान गरिएको छ । संस्थाका सदस्यहरु, स्थानीय व्यापारी, बुद्धिजीवी, किसानहरुले वित्तिय साक्षरता कक्षा पहिलो पटक पाएर सचेत भएको भन्दै संस्थाको प्रशंसा गरेका प्रमुख जोशीको भनाई छ । यस्ता वित्तिय साक्षरता सम्बन्धि कक्षाहरु आगामी दिनमा पनि सञ्चालन गर्नका लागि उक्त वित्तिय संस्थालाई आग्रह गरिएको बताइएको छ