अछामका सीडिओको गृहमा सरूवा, नयाँ सीडिओमा आनन्द सारू आउने

मंगलसेन । अछामका प्रमुख जिल्ला अधिकारी ११ महिनामा सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालको आज गृह मन्त्रालयमा सरुवा भएको हो ।
लम्साल पर्साबाट प्रमुख जिल्ला अधिकारीको रुपमा गएको वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनुभएको थियो । स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका निवासी लम्साल जिल्लामा विवाद रहित रुपमा सरुवा भएको पाइएको छ । लम्सालको अछामबाट सरुवा भएपछि नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव आनन्द सारुलाई अछाममा सरुवा भएको छ । गृह मन्त्रालयबाट सारुलाई अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आज गरिएको हो ।
गृह मन्त्रालयले अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको गरिएको हो । गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।
यस्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमा विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य मन्त्रालय तानिएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी उपसचिव हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन् । गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ ।