अछामको बाटुलासेन केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्नेच्युटको भूकम्प

मंगलसेन । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण भएको क्षतिको बारेमा हालसम्म कुनै जानकारी नआएको अछाम प्रहरीले जानकारी दिएको । “भूकम्पको धक्काबाट क्षति भएको अहिलेसम्म कुनै जानकारी आएको छैन ।” प्रहरी निरीक्षक देउवाले भन्नुभयो ।

अछाम सहित, दैलेख, कालिकोट, बाजुरा लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालमा लगातार भुकम्पका धक्काहरु गइरहेका छन् । भूगर्भ विद्हरुका अनुसार पश्चिम नेपाल भूकम्पको खतरामा रहेको भनाइहरु सार्वजनिक भइरहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!