अछाममा समाजवादी मोर्चा घोषणा (नामसहित)
मंगलसेन । अछाममा रहेका तीन दलको ६ सदस्यीय समाजवादी मोर्चा गठन गरिएको छ । मंगलसेनमा भएको भेलाले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपाबाट दुई/दुई जना पर्ने गरेर समाजवादी मोर्चा गठन गरिएको हो ।
गठन गरिएको मोर्चाको संयोजकमा विप्लव नेतृत्वका अछाम जिल्ला प्रमुख लोकेन्द्र सी चयन हुनुभएको छ । मोर्चाको सदस्यमा माओवादी केन्द्रका जिल्ला संयोजक रविन्द्र साउँद र शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष योगेन्द्र विष्ट र जयन्ती बोगटी चुनिनु भएको छ । यस्तै सदस्यमा विप्लव नेतृत्वकै नेकपाका निर्मल सी पनि चयन हुनुभएको छ ।
मोर्चाको गठन अघि उपस्थित नेताहरूले मन्तव्य राख्नुभएको थियो । घोषणा कार्यक्रममा विभिन्न पार्टीका नेताहरूको सहभागिता रहेको थियो ।