मंगलसेन नगरपालिकाको ‘हाकिम’ मा डाँगी खटाइए

अछाम । मंगलसेन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव गेहेन्द्र बहादुर डाँगीलाई खटाइएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन २१ गतेको निर्णय अनुसार डाँगीलाई दाङ जिल्लाबाट अछाम जिल्लाको मंगलसेन नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा कामकाजका लागि खटाइएकाे हाे । 

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा डाँगी हाल कार्यरत हुनुहुन्छ । डाँगीले यसअघि मुगुको छायानाथ रारा नगरपालिका, कपिलवस्तुको बाणगंगा नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङकै लमही नगरपालिका लगायतमा प्रमुख प्रशासकीय अधिकृत चलाएको अनुभव रहेको बताइएको छ ।

मंगलसेन नगरपालिकामा उपसचिवस्तरको दरबन्दी लामो समयदेखि खाली रहेको छ । कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको भन्दै मन्त्रालयले अधिकृत खकेन्द्र बहादुर सोडारीको निमित्त प्रमुखको जिम्मेवारी माघमै रद्द गरेको थियो । निमित्तको जिम्मेवारी रद्द भएपछि प्रमुख प्रशासकीय नहुँदा नगरका काम प्रभावित भइरहेका छन् । मन्त्रालयले खटाइएका अधिकृत आएपछि नगरका रोकिएका काम सुचारु हुने छन् ।

सोडारीको जिम्मेवारी रद्द भएको लगत्तै मंगलसेन नगरपालिकमा तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत पठाइ दिन भन्दै कडा भाषामा पत्र मन्त्रालयलाई पठाएको थियाे । यस्तै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइ दिन भन्दै नगर प्रमुख पदम बहादुर बोहराले पटक पटक मन्त्रालयमा अनुरोध गरिरहनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाका प्रशासनिक काम रोकिदा सेवाग्राहीलाई मर्का पर्दा आफूलाई दुख लागेको प्रमुख बोहरा बताउदै आउनुभएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page