लुम्बिनीको अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन स्थगित

अछाम । गाैतम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन स्थगित गरिएको छ । लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते सम्मेलन गर्ने भनेर गएको असोज १८ निर्णय गरेको थियो ।
‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स’ नामक अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन स्थगित भएको हो । लुम्बनी प्रदेशको मन्त्रीपरिषद्ले अहिले ११ बजे सम्मेलन स्थगित गरिएको अाैपचारिक निर्णय गर्ने खबरहरू सार्वजनिक भएको छ ।