गठबन्धन टुट्दैनः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी) सँगको गठबन्धन नतोडिने बताउनुभएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आउनु भएका सभापति देउवाले पार्टीहरु बिचमा टिकाटिप्पणी र आलोचनाहरु भए पनि गठबन्धन नतोडिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “ढुक्क हुनुस् गठबन्धन तोडिदैन ।”

“पार्टीले आलोचना गर्न पाउनुपर्छ  । उहाँहरुको र हाम्रो पार्टी नै फरक हो । फरक पार्टीमा आलोचना त गर्न पाइन्छ नि”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार चितवनमा कांग्रेसप्रति गर्नु भएको तिखो आलोनाका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलेले भने जसरी कांग्रेस महासमिति बैठकले कुनै पनि अनावश्यक निर्णय नगरेको दाबी गर्नुभयो ।  “कांग्रेसले केही पनि अनावश्यक निर्णय गरेको छैन”, उहाँको स्पष्ट पार्नुभयो ।

नेकपा (माओवादी)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले बिहीबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस महासमिति बैठकले माओवादीसँग चुनावी एकता नगर्ने, जनयुद्ध र  धर्मनिरपेक्षतामा अनावश्यक निर्णय गरेर बेमौसमी बाजा बजाएको आरोप लगाउनु भएको थियो । गोरखापत्रअनलाइनबाट 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page